Friday, May 27, 2011

लोग्ने विदेशमा रहँदा मोज गरेपछि जन्मिएको बच्चाको घाँटी निमोठेर हत्या

गजुरी (धादिङ), १३ जेठ, २०६८- बच्चा जन्मने बित्तिकै नीलकण्ठ गाविस निवासी एक महिलाले अर्का एक यौन साथीको सहयोगमा बालकको हत्या गरेकी छिन्।

पति घरमा नभएका बेला अन्य व्यक्तिसँगको यौन सम्पर्कबाट जन्मेको हुँदा शिशुको घाँटी निमोठेर हत्या गरिएको बताइएको छ।

नीलकण्ठ गाविस वडा नं. ८ निवासी २१ वर्षीया सुस्मिता गुरुङले आफ्नो यौन साथी दीपक गुरुङको सहयोगमा शिशुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शिशु हत्यामा संलग्न दुवैजनालाई प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको छ। रासस